दफा १२
कानून बमोजिमको सुविधा पाउने
यस ऐन बमोजिम अनुमतिपत्र प्राप्त गरी भएको लगानीले यस ऐन बमोजिमको सुविधाको अतिरिक्त औद्योगिक व्यवसाय तथा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी प्रचलित कानून वा अन्य कुनै कानून बमोजिम उद्योगले पाउने सम्पूर्ण संरक्षण, सुविधा, सहुलियत तथा छुट प्राप्त गर्नेछ ।